Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Ram Bhakta Raiमेरो दुई उम्मेदवार संग औपचारिक चिनजान छैन। र म सैध्दान्तिक किसिमबाट पनि कोहीप्रति आग्रह पूर्वग्रह गर्न चाहन्न किन की सबै पार्टीका सिद्दान्त राम्रा छन तर आजसम्म दुर्भाग्यबस कुनै पनि पार्टीले व्यबहारिक दृष्टिकोणबाट उत्कृष्टता प्रस्तुतिकरण गरेको मैले पटक्कै पाएको छैन, बरु पार्टीहरु बिच निक्रिष्टताको प्रतिस्पर्धा हुँदै आएको छ, सबै पार्टीले कहिले दादागिरी, कहिले तस्करी  त कहिले भ्रष्टाचार गरेर । तर अहिले म क कसले कति कति  भ्रष्टाचार गरे त्यो भन्न चाहन्न कि आज पासाङ कि गगन जसको छनोट गर्न सहज बनाउन म गैरहेको छु। 

पासाङ र गगनको आफ्नो आफ्नै राजानैतिक पृष्‍ठभूमि छ जसलाई सजिलै तवरले आलोचना अनि समलोचना गर्न मिल्दैन। दुवै यस देशका होनहार राजनैतिक योद्दाहरु हुन। माओवादी युद्दताका एउटा यस्ता खम्बा हुन पासाङ जो बिना माओवादी आज यो अवस्थामा आइपुग्ने कुनै सम्भावना नै थिएन। उनले नै माओवादीका सम्पूर्ण सैन्य गतिबिधिको नेतृत्व गरेका थिए एउटा सफल कमान्डरको कर्तब्य पुरा गरेर। उनी आजसम्म कुनै पनि नराम्रा गतिबिधिमा संलग्न भएका छैनन भने आफ्नो दुईवटै मिर्गौलामा समस्या भएर पनि राज्यको सुबिधामा बिदेशमा गएर उपचार गराउन अस्विकार गरेर नेपालमै सामान्य नागरिक सरह उपचार  गराएर, नेपाली राजनीतिका हस्तिहरु जो सामान्य उपचारमा समेत राज्यको पैसामा बिदेश जाने गर्दथे उनिहरुको निमित्त दरिलो नैतिक झापाड हानेर चर्चाको शिखरमा पुग्न सफल भएका हुन । वास्तबमै उनको यो कदमलाई उनले निरन्तरता दिने हो भने उनलाई नेपालको मोडेल नेताको रुपमा लिन सकिन्छ भलै उनले आजसम्म नेपाली जनताको निमित्त प्रत्यक्ष केही गरेको छैनन किन कि उनी राजनैतिक नेत्रित्वको अग्रपङ्तिमा आएका छैनन उनको पुरै समय हिजो सेना समायोजनसम्म माओवादी जनसेनाकै हक हितमा रहयो। उनलाई नजिकबाट चिन्नेजान्नेहरु भन्छन उनी एक कर्मठ परिश्रमी, इमान्दार, कला कौशलले भरिपूर्ण ब्यक्ति हुन। भन्छन उनिहरु उनले सभासदमा जितेमा राज्यको पुनसंरचनामा अनि मुख्य गरेर नेपालको रक्षा क्षेत्रमा उनले धेरै योगदान पुरयाउन सक्ने प्रबल सम्भावना छ। तर मेरो उनीप्रतिको बुझाई के हो भने उनी वास्तब मै आफ्नो प्रतिबद्दताप्रति अडिग रहने ब्यक्ती नै हुन तथापि उनले जितेर गए पनि उनले एमाओबादी पार्टीमा कुनै परिबर्तन गरेर देशमा निकास ल्याउनसक्ने कुनै सम्भावना देखिदैन किन कि उनी प्रचण्ड र बाबुरामको बफादार सिपाही हुन, उनिहरुको अगाडि उनको केही गल्ने छैन र उनिले पार्टी नेतृत्वको अगाडि कुनै आक्रोश ब्यक्त गरी हाल्न सक्ने उसको कुनै राजनैतिक धरातल देखिदैन।तथापि उनी जनतालाई जनताको दु:ख सुख दुईवटैमा साथ सहयोग गर्न सक्ने मान्छे हुन, जसलाई नकार्न सकिन्न।

गगन जनआन्दोलन-२ मा अगुवा बिद्यार्थी नेताकोरुपमा उभिएर राजतन्त्रको बिरुद्दमा खुलेआम लागेर गणतन्त्रको पक्षमा बोल्ने कांग्रेस नेता, कार्यकर्ताहरु भित्रकै बिरलै फल्ने फल हो। जुन कांग्रेस-नेपाल बिद्यार्थी संघभित्र पहिले फले पनि बाहिर जनमानसमा आएका थिएनन तसर्थ उनको राजनैतिक छबि उचाइमा चुलिएको हो जनआन्दोलन २ सँगै एक क्रान्तिकारी अनि कुशल बिद्यार्थी नेताको रुपमा। तत्पश्चात उनले आजसम्म पछाडि फर्कन परेको छैन किन कि उनी आफ्नो उचाई कायम राख्न माहिर छन। उनी नेपाली राजनैतिक कर्मीहरुमध्य चर्चित एक नेता हुन तथापि उनीबाट पनि नेपाली जनताले आजसम्म केही राहत पाएका छैनन तर धेरै नेपालीले उनमा आशा राख्न छाडेका छैनन उनले नेपालमा पक्कै राम्रा काम गरेर देखाउने कुराको प्रतिक्षामा नेपालीहरु छन। तर उनी जति बाहिर चर्चामा छन अनि जति उनी बाहिर कुरा गर्छन् त्यो स्थिति उनको आफ्नै पार्टीभित्र छैन । जुन कुरा उनको उम्मेदवारी प्रकरणले अनि सुप्रभा घिमिरेको बागी उम्मेदवारीले प्रष्ट पार्दछ। उनले जितेर गए उनले संबिधान सभामा कुरा उठाए उनको पछाडि थुप्रै नेपाली लाग्ने देखिन्छ, उनलाई धेरै नेपालीको समर्थन छ तर उनले सभासद जितेर गएर अन्य शिर्षस्थ नेताहरुको अगाडि यो गर्न सक्ने स्थिति छंदैछैन किन कि तिनै नेताहरुमा उनको भबिष्य अल्झिएको छ। र अन्त्यमा उनी पनि अन्य नेताहरुकै सरहमा पुग्ने पक्कापक्की नै छ किन कि उनको पछाडि जति जनता छन त्यति नै उनको बिरुद्दमा नेताहरु छन। उनले चाहेर पनि संबिधान सभाको निर्माणमा दरिलो योगदान पुरयाउन सक्ने सम्भावना कमजोर देखिन्छ, किन कि उनले उनको राजानैतिक भबिष्य सुनिसश्चित गर्नु छ किन कि उनले भन्दै आएको पार्टीको निर्देशन भित्र रहन्छु भन्दै पार्टीका शिर्षस्थ नेताहरुमा सदा दोष थुपार्ने मात्रै गर्दै आएका छन, अन्य नेताहरु सरह। यसो भन्दैमा उनि बदमाश नेता भने हुँदै हैनन तथापि पार्टीमा राम्रो पहुंच नभएका नेता हुन यिनी। उनलाई जिताएर पनि जनताले राहत पाउने सम्भावना कमै नै देखिन्छ।

अब जनताले छान्नै पर्नेछ यि दुई आशलाग्दा नेताहरु मध्य एक, जुन जनताको हातमा छ, दुवै नेताहरु सवल र सक्षम हुन तर दुवैको अवस्था पार्टीभित्र एउटै छ। यति फरक हो पासाङसंग सैन्य अनुभब धेरै छ, गगनसंग वक्तृत्वकला राम्रो छ तर दुई वटैको जित जनताको हातमा हात लाग्यो शून्ना नै हुनेछ।तथापि बिकल्पका नेताहरु पनि कुनै प्रखर नेताका रुपमा चिनिन्नन् र जनताको हातमा शून्नै शून्ना छन र काठमाडौं चारबासी मतदाताहरु पासाङ र गगन मध्य एक नेता छान्ने सवालमा अझै दोमनमा छन ।  ***

तपाईको प्रतिक्रिया