Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

बेनी – एकीकृत नेकपा माओवादी म्याग्दीको चुनाव प्रचार-प्रसार अभियानअन्तर्गत शनिवार दरवाङमा आमसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी म्याग्दीका उम्मेदवार एवं केन्द्रीय सदस्य लोकेन्द्र विष्टमगरले राष्ट्रमा स्वर्णीम बिहानी ल्याउनका लागि चिहान खने पनि पुरिन तयार रहेको तर संविधानसभाबाट पछि नहट्ने बताउदै म्याग्दीलगायत देशका विभिन्न स्थानमा आफ्ना नेता कार्यकर्तामाथि भएको आक्रमण नरोके कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

परिवर्तनकारीको एजेण्डामा यथास्थितीवादीले नेतृत्व गरेकाले अघिल्लो संविधानसभाले संविधान जारी गर्न नसकेको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका नेता विष्टले माओवादीले जनयुद्धकालदेखि नै संघीयताको अभ्यास गरेकाले नेपाललाई उत्कृष्ट संघीय मुलुकको रुपमा स्थापित गर्ने आफूहरुको चाहना भएको बताउनुभयो ।

दरवारको लात र झुपडीको वातले अन्य दलहरु पनि एकीकृत माओवादीको संविधानसभा, संघीयता र धर्मनिरपेक्षतालगायत नीतिमा हिँडेको दावी गर्दै नेता विष्टले नयाँ संविधान, देश विकास र आर्थिक सम्बृद्धिका लागि एकीकृत माओवादीलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी म्याग्दीका संयोजक गोविन्द पौडेलले लडाकु क्याम्पमा भ्रष्टाचार भएको अपवाह फैलाएर राजनीतिक एजेण्डाविहीन बनेका दलले एकीकृत माओवादीको विरुद्धमा अफवाह फैलाएकाले भ्रष्टाचार भएको पुष्टि गर्न चेतावनी दिदै प्रमाणित भए फाँसी जान तयार रहेको बताउनुभयो ।

एकीकृत माओवादी संविधान निर्माण र जिल्लाको आर्थिक, सामाजिक, पूर्वाधार विकास, पर्यटन प्रवद्धन र कृषिको व्यवसायीकरणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । यसैगरी एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य पुस्कर विकले विगतमा पछाडि पारिएकालाई अन्य सरह समान अवसर र अधिकारको सुश्चित गर्न एकीकृत माओवादीको विकल्प नरहेको बताउनुभयो ।

एकीकृत नेकपा माओवादी दरवाङका नेता खडग छन्त्यालको अध्यक्षता र जिल्ला प्रचार संयोजक सुवास विकको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको अवसरमा सुनील रोकाको अध्यक्षतामा दरवाङमा ५१ सदस्यीय वाइसीएलको गाउँ कमिटी गठन भएको सो पार्टीले जनाएको छ । ***

तपाईको प्रतिक्रिया