Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
election commissionमतदाता परिचयपत्रमा शंका
काठमाडौं- संविधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका घटना बढेका छन् ।
आम निर्वाचन पर्यवेक्षण समिति नेपालले शुक्रबार सार्वजनिक गरेको निर्वाचन तयारी सम्बन्धि प्रारम्भिक प्रतिवेदनले आचारसंहिता उल्लंघनका घटना बढीरहेको देखाएको छ ।
समितिले आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको कमजोरी पनि औँल्याएको छ । प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष हिमालय शमशेर राणाले आचारसंहिता उल्लंघनलाई कम गर्न आयोगले नियन्त्रण गर्न नसकेको बताए । उनले तत्काल आयोग आचारसंहिता उल्लंघनविरुद्ध कडा नभए यसले नै निर्वाचनमा असहयोग हुने बताए ।
निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग, बालवालीकाको प्रयोग, सवारी साधनको प्रयोग सबैमा आचारसंहिता उल्लंघन देखिएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । कार्यक्रममा नागरिक समाजका बरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहसचिव उमेश मैनालीले आचार संहिता नै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेकाले उल्लंघनका लागि बाटो खुला गरेको आरोप लगाए । उनले आयोग नै आचारसंहिता उल्लंघनमा सहयोगी बनेको बताए ।
स्रोत देखाउनु नपर्ने गरि खर्चको बाटो खुला गर्नु पनि आचारसंहिता उल्लंघनलाई सजिलो बनाएको बताए । ‘आम्दानी देखाउनुपर्ने तर जति गरेपनि खर्च देखाउन नपर्ने आयोगले प्रावधान बनाइदिएको छ’ मैनालीले भने, ‘दलहरुको प्रभावमा परेर आयोगले बनाएको प्रावधान नै आचार संहिता उल्लंघनमा सहयोगी छ ।’
उनले आचारसंहिता पुरै अव्यवहारिक भएको बताए ।
प्रतिवेदनमा नेकपा–माओवादी मोर्चाले गरेको अवरोधलाई ध्यानमा राखि सुरक्षामा संवेदनशील बन्न पनि सरकारलाई सुझाव दिइएको छ ।
तपाईको प्रतिक्रिया