Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं – हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा मौसमी चिसो बढ्दै गएता पनि संविधानसभा निर्वाचनको सरगर्मीले जिल्लाका ग्रामीण बस्तीहरूलाई बिस्तारै तताउन थालेको छ । 
पर्यटक र स्थानीय व्यवसायीहरूको बढी चहलपहल हुने सदरमुकाम जोमसोम र अन्य गाउँहरूमा अहिले विभिन्न राजनीतिक पार्टी उम्मेदवार बनेका नेता तथा तिनका कार्यकर्ताहरूको सक्रियताले निर्वाचनको माहोललाई तताएको छ । चुनावी माहोल तात्दै जाँदा एक पार्टीबाट अर्को पार्टीका कार्यकर्ता जाने आउने क्रम पनि बढेको छ ।केही दिनअघिसम्म सदरमुकाम र आसपासका गाउँमा प्रचारप्रसार थालेका उम्मेदवारहरूले विकट क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तिब्र पारेका छन् ।
 यतिबेला एमाओवादीको चुनाव प्रचारप्रसार टोली उपल्लो मुस्ताङको सुखाङ गाविस पुगेको छ भने एमाले टोली लोमन्थाङ र नेपाली काँग्रेसको टोली कुञ्जो गाविस पुगेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार प्रेमप्रसाद तुलाचन सोमबार उपल्लो क्षेत्रतर्फ लाग्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाले तल्लो मुस्ताङका तीन गाविसमा प्रचार अभियान सुरु गरेको जनाएको छ भने राप्रपा र राप्रपा नेपालको हालसम्म कुनै चुनावी अभियान देखिएको छैन ।
मुस्ताङमा एमाओवादीका उम्मेदवार ङुटुक गुरुङ, एमाले उम्मेदवार चन्द्रमोहन गौचन, नेपाली काँग्रेसका रोमी गौचन थकाली र स्वतन्त्र उम्मेदवार तुलाचनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ***
तपाईको प्रतिक्रिया