टोकियो – नेपाली काँग्रेसको जापानस्थित भात्तृसंस्था नेपाली जनसम्पर्क समिति जापानको ओसाका शाखा गठन हुने भएको छ ।
ओसाका क्षेत्रमा रहेका बिभिन्न पेशा, ब्यवसाय र रोजगारीमा संलग्न राष्ट्रियता, प्रजातन्त्र र समाजबाद एवं गणतन्त्रप्रति आस्थावान नेपालीहरुको आगामी डिसेम्बर २१ मा हुन गईरहेको एक भेलाले शाखा कमिटी गठन गर्ने कार्यक्रम रहेको कुरा नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री आनन्दबहादुर क्षेत्रीले बताउनुभएको छ ।
उक्त भेलामा उपस्थित भईदिन आयोजकहरुले ओसाका क्षेत्रका नेपालीहरुमा अनुरोध गर्नुकासाथै थप जानकारीका लागि निम्न ब्यक्तिहरुसंग सम्पर्क गर्न सकिने बताईएको छ । कार्यक्रम ओसाका नागाई हिगासीस्थित इण्डियन रेष्टुरेन्ट सुरजमा हुने जनाईएको छ ।
पारसमणि पोखरेल 090-1725-2930
तुलसीराम खरेल 090-6666-2465
हरि कँडेल 090-6559-4306
बिनोद खनाल 080-3879-2352
कार्यक्रम हुने स्थान:
Indian Restaurant “SURAJ”
558-0004 Osaka-City, Sumiyoshi-Ku, Nagai Higashi 4-2-22