Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गाजा पट्टीमा १५ महिनासम्मको निरन्तर द्वन्द्वका कारण इजरायली आक्रमणले क्षेत्रको बैकिङ प्रणालीलाई व्यापक रूपमा क्षति पुर्‍याएको विश्व बैङ्कले जनाएको छ।

विश्व बैङ्कले जेरुसेलममा जारी गरेको प्रतिवेदनमा करिब ९३ प्रतिशत बैंक शाखाहरू, ८८ प्रतिशत लघुवित्त संस्था, धेरैजसो मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनी ध्वस्त भएको उल्लेख छ। गाजा क्षेत्रमा रहेको ९४ एटीएममध्ये अहिले मात्र तीनवटा सञ्चालनमा रहेको बताइएको छ। यसले स्थानीय जनताका लागि वित्तीय पहुँचमा निकै कठिनाई पैदा गरेको छ।

यस परिस्थितिमा गाजाका नागरिकहरू आधारभूत आवश्यकताहरू, जस्तै खाद्यान्न र औषधि जुटाउन संघर्ष गरिरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको अवरोधले निजी क्षेत्रको उत्पादन पुनःसञ्चालन र रोजगारी सिर्जना गर्ने क्षमतामा बाधा पुर्‍याइरहेको छ।

तपाईको प्रतिक्रिया