Deneme Bonusu Veren Siteler
आइतबार, पौष २१, २०८१
Sunday, January 5, 2025

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उचाइमा पुगेको छ। डलरले लगातार नयाँ मूल्यका रेकर्ड तोड्दै महँगो हुँदै गइरहेको छ। हिजो मात्रै पनि डलरले आफ्नो सर्वाधिक महँगो मूल्यको नयाँ कीर्तिमान स्थापित गरेको थियो। त्यसैगरी आज पाउन्ड, कुवेती, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ। तर अस्ट्रेलियन डलर भने सस्तिएको छ। हिजो पनि अस्ट्रेलियन डलरको मूल्य घटेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०९ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १६ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा थियो। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ९२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ २० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७९ पैसा थियो।

 

तपाईको प्रतिक्रिया