Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – जापानको चिवा क्षेत्रमा सामाजिक कार्यमा सक्रिय नेपालीहरूको संस्था ‘याचियो नेपाल’ अध्यक्षमा पुनः जय पौडेललाई चयन भएका छन् । संस्थाको प्रथम महाधिवेशनले अध्यक्षमा पौडेललाई दोहोर्‍याएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संस्थाको महासचिवमा दिनेश पुरी, वरिष्ठ उपाध्यक्षमा डिलाराम सापकोटा, उपाध्यक्षमा रितेश सुवेदी, नवीन कुँवर र सचिवमा हुमाकान्त पराजुली चयन भएका छन् । कोषाध्यक्षमा महेश घिमिरे, सहकोषाध्यमा राज भण्डारी र मिलन पुन चयन भए । महिला संयोजकमा मनिषा पौडेललाई चयन गरेको नयाँ कार्यसमितिले प्रवक्तामा सन्तोष अधिकारीलाई निर्वाचित गरेको छ ।

महाधिवेशनका अवसरमा बोल्दै प्रमुख अतिथि एनआरएनए जापान चिवाका संयोजक समीर जंग खड्काले सामाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए । संस्था गठन गर्नुभन्दा पनि नेपालीहरूलाई सहयोग, संस्कृति जगेर्ना र आपसी भाइचाराको विकासमा काम गर्नु पर्नेमा उनको जोड् छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले अन्य सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै अफ्ठेरोमा परेका नेपालीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दुई बर्से कार्यकालमा जापानमा रहने नेपालीहरूको समस्या र सहयोग गर्ने कार्यमा संस्थामा प्रमुख उद्देश्य रहने महासचिव दिनेश पुरीले बताए । सोही अवसरमा पुरानो कार्यसमिति विघटन, सम्मान र नयाँ कार्यसमिति पदाधिकारीहरूलाई सम्मान पनि गरिएको थियो ।

गत वर्ष स्थापित भएको सो संस्थाले नेपाली केन्द्रित विभिन्न कार्यहरू गर्दै आएको छ । नेपाली समुदायको पहिचान परिचय र परम्परा तथा संस्कृतिलाई जापानी बिचमा लैजाँदै खेलकुद एवं सांस्कृतिक गर्दै आएको सो संस्थाले अगामी दिनमा पनि सामाजिक कार्यलाई तीव्रता दिने जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया