Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ग्यासको भण्डार रहेको प्रारम्भिक संकेत फेला परेको छ। खानी तथा भूगर्भ विभागका अनुसार ४,०१३ मिटर गहिराइसम्म गरिएको ड्रिलिङको क्रममा ग्यासको सम्भावना देखिएको हो। शनिबार ड्रिलिङको काम सम्पन्न भएपछि नमुना निकालेर थप अनुसन्धानका लागि चीनको ल्याबमा पठाइएको छ।

गत वैशाख २३ गतेबाट सुरु भएको अन्तिम चरणको ड्रिलिङ मेसिनको प्रयोगले उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पत्ता लगाएको हो। परियोजनाका सिनियर जियोलोजिस्ट सुरेश श्रेष्ठले नमुनाको परीक्षणपछि ग्यासको मात्रा र यसको आर्थिक महत्त्वबारे निर्णय हुने जानकारी दिनुभयो। चीनको जिओलोजिकल सर्भे कम्पनीले यस क्षेत्रमा प्रारम्भिक अध्ययन गरेपछि सिएनपिसी इन्जिनियरिङले उत्खनन थालेको हो।

नेपाल सरकारले पेट्रोलियम अन्वेषणलाई २०८२ सम्म पूरा गर्ने योजना अघि सारेको छ। नेपाल र चीनबीच भएको सम्झौताअनुसार दुई अर्ब ४० करोड रुपियाँ खर्चेर २०७५ सालमा यो परियोजना सुरु गरिएको थियो। पहिलो चरणको ड्रिलिङ सकिएसँगै अब अर्को चरणको सम्झौता गरेर थप उत्खनन कार्य अघि बढाइने तयारी भइरहेको छ। ग्यासको व्यावसायिक सम्भाव्यता छिट्टै निर्धारण गरिनेछ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया