Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – जापानमा ८० प्रतिशत महिला कैदी चोरी, लागुऔषध मुद्दामा दोषी ठहर भएको पाइएको छ । जापानमा गएको वर्ष करिब ८० प्रतिशत महिला कैदीहरू चोरी वा लागूऔषध सम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भएको पाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०११ यता यो प्रतिशत लगभग स्थिर रहेको सरकारी वार्षिक अपराध रिपोर्टले देखाएको छ । सन् २०२३ मा ६५ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू महिला कैदीहरूको २२ दशमलव ७ प्रतिशत रहेका थिए, जुन सन् २००४ को तुलनामा ४ दशमलव २ गुणाले वृद्धि भएको हो ।

उमेर बढ्दाको चिन्ता र एक्लोपनका कारण अपराध हुने सम्भावना बढेको न्याय मन्त्रालयले डिसेम्बरमा सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख गरेको छ । मन्त्रालयले चोरी वा लागूऔषध सम्बन्धी अपराधमा सजाय काटिरहेका करिब ९ सय पुरुष र महिला कैदीहरूलाई समेटेर विशेष सर्वेक्षण गरेको थियो ।

सर्वेक्षण अनुसार चोरीमा दोषी ठहर भएका ६० वर्ष वा सोभन्दा माथिका महिला कैदीहरूको ९५ दशमलव ९ प्रतिशतले पसलबाट साना सामान चोरेका थिए । ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहमा चोरीको आरोपमा दोषी ठहर भएका महिलाहरू मध्ये ३८ दशमलव ७ प्रतिशत एक्लै बस्ने गर्थे ।

महिला कैदीहरूले आफ्ना पति वा सहपाठीहरूबाट शारीरिक र मानसिक दुर्व्यवहार बेहोरेको पाइएको छ । सन् २०२३ मा प्रहरीले दर्ता गरेका, घाइते वा मृत्युसँग सम्बन्धित सवारीसाधन अपराध बाहेकका अपराधहरूको संख्या अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया