Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अब बाँकी दुई वर्ष चार महिना कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले पाँच वर्षको सजाय सुनाए पनि यसअघि मनाङेले दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले बाँकी समय कटाउनुपर्ने उल्लेख गरेको छ।

सर्वोच्च अदालतले गत कात्तिक २० गते उच्च अदालतको पाँच वर्ष कैद सजाय कायम राख्ने फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि कैदी पूर्जी तयार गरी उनलाई कारागार पठाइएको हो। २७ कात्तिकमा केन्द्रीय अनुसन्धान ब्यूरोले फरार रहेका मनाङेलाई स्वयम्भुबाट पक्राउ गरेको थियो। उनी हाल डिल्लीबजार कारागारमा छन् र करिब दुई महिना कैद बिताइसकेकाले अब उनको कैद अवधि दुई वर्ष दुई महिना मात्र बाँकी रहेको छ।

२०६१ साल बैशाख ३१ गते महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा मिलन गुरुङ (मिलन चक्रे)माथि खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका थिए। घटनाको मुचुल्का, पीडितको बकपत्र, पूर्वरिसइवी र घटनामा देखिएको हत्याको प्रयास जस्ता प्रमाणका आधारमा अदालतले उनलाई दोषी करार गरेको हो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया