Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सत्तारुढ नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरेको छ । च्यासलमा जारी केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एमालेले माओवादी नेतृत्वको सरकारले ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई र सुन तस्करीमा पूर्व सभामुख महरालाई जोगाएको दाबी गरेको छ । ‘पूर्ववर्ती सरकारले भ्रष्टाचारविरुद्ध कुनै ‘अभियान’ चलाइरहेको थिएन । बरु आफ्नालाई चोख्याउने’ अभियानमा केन्द्रित थियो ।’

राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्व सभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन् । त्यसैले गर्न खोजिएको दाबी झूठा र अर्थहीन छ ।’

वर्तमान सरकार र एमाले-कांग्रेसको साझा निष्कर्ष भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिनु नहुने प्रतिवेदनमा उल्लेख छ । जुन औंलामा विष लागेको छ, त्यही औंला झर्ने भएकाले विषाक्त औंलालाई जोगाउन सिङ्गै हात र कहिलेकाँही त पूरै शरीरको बलिदान दिन नसकिने एमालेको तर्क छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया