Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संगठनले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक, बीमा तथा वित्तीय संस्था राष्ट्रिय समितिका अध्यक्ष कृष्णहरि बुढाथोकी प्रमुख अतिथि रहेको कार्यक्रममा राष्ट्रिय समितिका उपाध्यक्ष जितेन्द्र राई, राष्ट्रिय वाणिज्य बैकका विभागीय प्रमुख ब्रज मोहन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेशागत हकहित तथा संस्थाको सम्वर्द्धनका विषयमा समेत छलफल भयो ।

कार्यक्रममा नेपाल कर्मचारी संगठनमा आबद्ध केन्द्रीय कमिटीका पदाधिकारी, विभिन्न शाखा कार्यालयमा कार्यरत शाखा प्रमुख तथा अन्य कर्मचारीको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन कार्यालय सचिव चूडामणि गुप्ता गरे । नेपाल राष्ट्रिय कर्मचारी संगठनले विगतदेखि नै पेशागत हकहित तथा संस्थाको सम्वर्द्धनका विषयमा आवाज उठाउँदै आइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया