Deneme Bonusu Veren Siteler
आइतबार, पौष २१, २०८१
Sunday, January 5, 2025

टोकियो – घट्दो जन्मदरलाई रोक्न जापानको टोकियो महानगर सरकारले आफ्ना कर्मचारीलाई हप्ताको चार दिन मात्रै काम लगाउने भएको छ । विश्वको सबैभन्दा ठूलो सहर टोकियोले अप्रिल २०२५ देखि लागु हुने गरी सो योजना ल्याएको हो ।

यो योजना अनुसार टोकियो सरकारका कर्मचारीलाई काम गर्ने समय मिलाएर आफूलाई पायक पर्ने गरी हप्ताको एकदिन अतिरिक्त बिदा बस्न मिल्नेछ । हाल टोकियोमा लगभग संसारभर लागु भए जस्तै हप्ताको पाँच दिन काम गर्नुपर्छ । यो योजनाले बच्चा हुर्काउनलाई सजिलो पारेर कर्मचारीहरूलाई बच्चा जन्माउन प्रेरित गर्नेछ भनेर टोकियो सरकारले अपेक्षा गरेको छ ।

‘बच्चा जनमाउने, हुर्काउने लगायत कारणले कसैले पनि आफ्नो ‘क्यारियर’को बली चढाउनु नपरोस् भन्नका लागि हामी हाम्रो काम गर्ने शैलीलाई लगातार समीक्षा गर्नेछौं,’ टोकियोका गभर्नर युरिको कोइकेले पछिल्लो नगरसभामा भनिन् ।

लामो समयदेखि महिला सशक्तिकरण जापानका लागि समस्या रहेको औंल्याउँदै उनले यसमा जापान बाँकी विश्वभन्दा धेरै पछाडि रहेको बताइन् । जापानको जनसंख्या लगातार १५ वर्ष घटेको छ । र यो वर्ष पनि घट्ने लगभग निश्चित छ । सन् २०१२ देखि २०२२ सम्मको दशकमा टोकियोको जन्मदर १५ प्रतिशतभन्दा बढीले घटेको छ ।

हजारौं कर्मचारी भएको टोकियो सरकारको यो योजनाले जन्मदर बढाएर जनसंख्या घट्नेक्रमलाई रोक्न थोरै भए पनि योगदान गर्ने अपेक्षा गरिएको छ । जापानका अन्य स्थानीय सरकारले पनि पछिल्ला समयमा यस्ता योजनाहरू ल्याएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया