Deneme Bonusu Veren Siteler
सोमबार, पौष २२, २०८१
Monday, January 6, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालबाट राँगा र भैँसीको मासु चीनमा निर्यात गर्न औपचारिक सम्झौता भएको छ। सोमबार साँझ काठमाडौंमा हिमालयन फुड इन्टरनेसनल प्राली र चीनको सांघाई जियान फुड प्रालीबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार विस्तारका लागि यो सम्झौता महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन्। उनले नेपालको हावापानी र भौगोलिक बनावट पशुपालनका लागि अत्यन्त उपयुक्त रहेको पनि बताएका छन्।

मन्त्री अधिकारीले हिमाली क्षेत्रमा पाइने जडिबुटी र औषधीय गुणयुक्त घाँसपातले यहाँका पशुहरूका मासु र दूधमा पौष्टिकता र औषधीय फाइदा हुने समेत बताए। उनले राँगा र भैँसी पालनको प्रवर्द्धन गरी युवाहरूलाई आकर्षण गर्न पशुपालनमा प्रविधिको प्रयोग आवश्यक रहेकोमा जोड दिए। नयाँ-नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया