Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जर्मनीमा जारी युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल सकिएपछि स्पेन, फ्रान्स, नेदरल्यान्ड्स र इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरेका छन्।

नेदरल्यान्ड्सले टर्कीलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो। टर्कीले ३५औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि, नेदरल्यान्ड्सले ७०औं मिनेटमा स्टेफान डे भ्रिजको गोल र ७६औं मिनेटमा टर्कीले गरेको आत्मघाती गोलले पुनरागमन जित हात पारेको थियो।

अर्को क्वार्टरफाइनलमा, इंग्ल्यान्डले स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारमा स्थान बनायो। निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि, पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले जित हासिल गर्‍यो।

सेमिफाइनल खेल तालिका (नेपाली समयअनुसार):

स्पेनविरुद्ध फ्रान्स – मंगलबार मध्यराति १२ः४५ बजे
नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्ड– बुधबार राति १२ः४५ बजे

तपाईको प्रतिक्रिया