Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – स्विट्जरल्यान्डले आजदेखि सार्वजनिक स्थानमा हिजाब र बुर्का लगाउन प्रतिबन्ध लागू गरेको छ । यो नियमले महिलाहरूलाई कुनै पनि माध्यमबाट अनुहार छोप्न रोक लगाएको छ । नयाँ कानून उल्लंघन गर्ने व्यक्तिले झन्डै १ लाख ५१ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्रतिबन्ध सन् २०२१ मा आयोजित जनमत संग्रहपछि आएको हो, जहाँ ५१.२१ प्रतिशत नागरिकले अनुहार छोप्ने पहिरनमाथि रोक लगाउन समर्थन जनाएका थिए । यसअघि यस्तै कानून लागू गर्ने देशहरूको सूचीमा बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड र बुल्गेरिया रहेका थिए । स्विट्जरल्यान्डमा नयाँ नियम लागु भएसँगै सार्वजनिक कार्यालय, यातायात, रेस्टुरेन्ट, पसललगायत स्थानमा महिलाले अनुहार पूर्ण रूपमा ढाक्न पाउने छैनन् ।

सन् २०२२ मा स्विस संसद्को तल्लो सदनले पनि यस कानूनलाई अनुमोदन गरेको थियो । १५१ सांसदले पक्षमा मतदान गर्दा २९ सांसदले विपक्षमा मत दिए । तर यो कानूनमाथि विवादसमेत छ । कतिपयले यो नियमले विशेष गरी मुस्लिम महिलालाई अन्यायपूर्ण रूपमा लक्षित गरेको आरोप लगाएका छन् ।

यद्यपि कानूनका समर्थकहरूले भने सार्वजनिक स्थानमा सुरक्षाको व्यवस्था र सांस्कृतिक मूल्य संरक्षणका लागि यो कदम आवश्यक भएको तर्क गरेका छन् ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया