Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरोकप २०२४ खेल्ने २१ देशको टुंगो लागेको छ । युरोकप छनोट अन्तर्गतका खेलहरु नेपाली समयअनुसार मंगलबार राति सकिएसँगै युरोकप खेल्ने २१ देशको टुंगो लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विभिन्न १० समूहका उत्कृष्ट दुई देशले सोझै जर्मनी युरोकपको टिकट काटेका छन् । जर्मनीले आयोजकको रुपमा सोझै युरोकप खेल्नेछ । यसरी २१ देश छनोट भइसकेका छन् भने बाँकी ३ देश प्लेअफमार्फत छानिएर आउनेछन् ।

जर्मनी युरोकपमा स्थान सुरक्षित बनाउने देशहरुमा स्पेन, स्कटल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, इंग्ल्याण्ड, इटाली, टर्की, क्रोएसिया, अल्बानिया, चेक रिपब्लिक, बेल्जियम, अष्ट्रिया, हंगेरी, सर्बिया, स्लोभानिया, रोमानिया स्वीट्जरल्याण्ड, पोर्चुगल र स्लोभाकिया छन् । यी २० देश विभिन्न १० समूहका विजेता र उपविजेताका रुपमा युरोकपमा छनोट भएका छन् ।

युरोकप छनोटमा गरेको प्रदर्शन र नेसन्स लिगमा गरेको प्रदर्शनका आधारमा १२ देशले ल्पलेअफ खेल्नेछन् । १२ देशलाई ४-४ गरी तीन समूहमा बाँडिएको छ । यी तीन समूहबाट एक/एक वटा गरी तीन वटा देश प्लेअफबाट छानिएर आउनेछन् ।

प्लेअफ खेल्नेहरुमा बोस्निया एण्ड हर्जगोभिना, इस्टोनिया, फिनल्याण्ड, जर्जिया, ग्रिस, आइसल्याण्ड, इजरायल, काजकस्तान, लक्जम्बर्ग, पोल्याण्ड, युक्रेन र वेल्स छन् । यी १२ मध्ये फिनल्याण्ड, युक्रेन र आइसल्याण्ड नेसन्स लिगमा गरेको प्रदर्शनको आधारमा प्लेअफ खेल्ने मौका पाएका हुन् ।

बाँकी ९ देश भने युरोकप छनोटमा गरेको प्रदर्शनका आधारमा प्लेअफ खेल्ने मौका पाएका हुन् । स्टार खेलाडी अर्लिङ हालाण्डको देश नर्वे समूह तेस्रो स्थानमा रहे पनि नेसन्स लिगको खराब प्रदर्शनका कारण प्लेअफबाट समेत वञ्जित भएको छ । छनोट भएकामध्ये समूह विजेताहरु स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, इंग्ल्याण्ड र आयोजक जर्मनीलाई ‘पट वान’मा राखिएको छ ।

‘पट टु’ मा हंगेरी, टर्की, रोमानिया, डेनमार्क, अल्बानिया, अष्ट्रिया छन् । ‘पट थ्री’ मा नेदरल्याण्ड, स्कटल्याण्ड, क्रोएसिया, स्लोभानिया, स्लोभाकिया र चेक रिपब्लिक छन् । ‘पट फोर’ मा इटाली, सर्बिया, स्वीट्जरल्याण्ड र प्लेअफबाट छानिएका ३ देश रहेनछन् । आउँदो डिसेम्बर २ तारिखमा युरोकपको ड्र हुने मिति तोकिएको छ ।

तपाईको प्रतिक्रिया