Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज पोखराबाट काठमाडौं आउँदैछन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा भएका लामिछाने, आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताका अनुसार, “लामिछाने साढे १ बजे विमानमार्फत काठमाडौं आइपुग्ने र सोही दिन अदालतमा उपस्थित हुने तयारी गरेका छन्।” प्रहरीले लामिछानेलाई आफैं अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको थियो। बिहीबार राति उनी पोखरामै बसेका थिए।

लामिछानेलगायत ६३ जनामाथि कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागसहित अभियोग पत्र दर्ता गरेको हो।

यसैबीच, काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछानेविरुद्ध मुद्दा दायर भएको छ। यस प्रकरणमा सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाइएको छ। यसमा मुछिएका केही सञ्चालक धरौटी तिरेर रिहा भइसकेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया