Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। तत्कालीन बाइसे-चौबीसे राज्यहरूलाई एकीकृत गरी आधुनिक नेपाल निर्माण गर्ने श्रेय उनलाई दिइन्छ।

पृथ्वीनारायण शाहको जन्म १७७९ साल पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका ज्येष्ठ पुत्रका रूपमा भएको थियो। उनको नेतृत्वमा इन्द्रजात्राको दिन १८२५ मा काठमाडौंमाथि विजय प्राप्त गर्दै राजधानीको रूपमा स्थापित गरिएको थियो। एकीकरण अभियान उनका छोरा बहादुर शाहको पालासम्म जारी रहँदा नेपालको सिमाना पूर्वमा टिष्टा नदी, पश्चिममा सतलज नदी र दक्षिणमा मगधसम्म फैलिएको थियो। तर, नेपाल-अंग्रेज युद्धपछि हालको भूभागमा सीमित हुनुपरेको थियो।

उनका प्रेरणादायी भनाइहरू, जस्तै “नेपाल दुई ढुंगाबीचको तरुल हो” र “घूस लिने र दिने दुबै देशका शत्रु हुन्”, अहिले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन्। ५२ वर्षको उमेरमा १८२५ माघे संक्रान्तिका दिन देवीघाटमा उनको निधन भएको थियो। यस दिवसका अवसरमा सिंहदरबार पश्चिम मूलढोकामा रहेको उनको सालिकमा विशेष कार्यक्रम गर्दै उनको योगदानको सम्झना गरिन्छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया