Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्मको यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण २.५ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड पुगेको छ, जसको वृद्धिदर अघिल्लो वर्ष २१.१ प्रतिशत थियो। यस अवधिमा, खुद द्वितीय आय (खुद ट्रान्सफर) ६९९ अर्ब ३४ करोड पुगेको छ, जुन अघिल्लो वर्ष ६६९ अर्ब ७७ करोड थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ रहेको छ। अघिल्लो वर्ष यो संख्या क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ थियो।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया