Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिको करछली मुद्दामा सर्वोच्च अदालतले दिएको ०८० माघ १६ गतेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनीले करछली गरेको ठहर गरेको छ।

आन्तरिक राजस्व विभागको अनुसन्धान तथा विकास शाखाले भाटभटेनीले २०६४ साउनदेखि २०६७ माघसम्म १५२ भन्दा बढी कम्पनीको नाममा झूटा तथा नक्कली बिल प्रस्तुत गरी ७१ करोडभन्दा बढीको वस्तु खरिद देखाएर कर कट्टी गरेको आरोप लगाएको थियो। विभागले सो प्रकरणमा भाटभटेनीलाई थप दस्तुरसहित २२ करोड ६७ लाख ४४ हजार ५५७ रुपैयाँ कर तिर्नुपर्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतको पूर्ण इजलासले विभागको सो निर्णय सदर गर्दै करछलीमा भाटभटेनीको संलग्नता रहेको ठहर गरेको छ। यो फैसलाले करसम्बन्धी कानूनी प्रक्रिया र नियम उल्लंघन नगर्नुपर्ने सन्देश दिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया