Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पछिल्लो पाँच महिनामा नेपालभरबाट ५,८४६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार, यो अभियान अदालतको आदेश कार्यान्वयनका क्रममा सुरु गरिएको हो।

सबैभन्दा धेरै मधेश प्रदेशबाट १,५९४ जना पक्राउ परेका छन्, जबकि काठमाडौं उपत्यकाबाट १,२५३ जना फरार प्रतिवादी पक्राउ गरिए। अन्य प्रदेशहरूको विवरणमा कोशीमा ७३५, बागमतीमा २६५, गण्डकीमा ५०६, लुम्बिनीमा १,०३५, कर्णालीमा १६९ र सुदूरपश्चिममा २३५ जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मात्र ५४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। यी व्यक्तिहरूमाथि ४३ करोड ५ लाख ४२ हजार रुपैयाँ जरिवाना तोकिएको छ। प्रवक्ता अधिकारीले फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको र पक्राउ परेकाहरूलाई अदालतको आदेशअनुसार जरिवाना तिराउँदै कारागार पठाइएको जानकारी दिए। यस्तो कदम अपराध नियन्त्रण र कानूनी कार्यान्वयनका लागि महत्वपूर्ण रहेको पनि उनले बताए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया