टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जापान भ्रमण सफल भएको बताएको छ । सोमबार प्रचण्डको पाँचदिने भ्रमणबारे प्रेस नोट जारी गर्दै मञ्चले अध्यक्षको भ्रमण हरेक कोणबाट सफल भएको बताएको हो ।
जनप्रगतिशील मञ्चको आमन्त्रण र जापानस्थित नेपाली राजदूतावासको संयोजनमा प्रचण्डले यही अगस्ट ७ देखि १० तारिखसम्म जापानको भ्रमण गरेका थिए । भ्रमणले नेपाल–जापान दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने मञ्चको विश्वास छ । ‘आधुनिक कृषि प्रणालीमा जापानले गरेको उपलब्धि, सूचना र प्रविधिमा मारेको छलाङ र जापानमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यसहित गरेको भ्रमणले उद्देश्य परिपूर्ति गरेको’ मञ्चले भनेको छ ।जापानको सत्तारूढ ढलको प्रभावशाली नेतृत्वसँग नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकारको सहयोगबारे कुरा हुनुका साथै उच्चस्तरीय भ्रमण गर्ने गराउने र नेपालमा हुने निर्वाचनको लागि पर्यवेक्षण गर्ने बारेमा महत्त्वपूर्ण छलफल भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
अध्यक्ष प्रचण्ड ५ दिन जापानमा रहँदा भए गरेको कुराहरूलाई सविस्तार उल्लेख गरिएको प्रेस नोटमा भ्रमणले राजनीतिक तथा कूटनैतिक तहमा हुने संवादलाई विकसित गर्न महत्त्व पुर्याएको भनिएको छ । दूतावासमा देखिएको समस्या समाधानका लागि पहल गर्नेदेखि यहाँहरूको नेपालीहरूको अवस्थाबारे जानकारी लिनु निकै सुखद भएको मञ्चले उल्लेख गरेको छ । जापान भ्रमण सफलतापूर्वक गराउनको लागि सहयोग पुर्याउने सबैलाई मञ्चले धन्यवाद ज्ञापन गरेको छ ।
हेर्नुहोस् प्रेस नोटको पूर्णपाठ:-
- सम्बन्धित समाचार
राजदूतावासको सेवा र जनशक्ति बढाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
प्रचण्डलाई भेट्न पाएपछि खुसीले उफ्रिए जापानी विद्यार्थी
प्रचण्डले गरे हिरोसिमा संग्रहालयको अवलोकन [तस्बिरहरू]
प्रवासी नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छ
जापानवासी नेपालीको हितमा सरकारले के गर्न सक्छ अध्ययन गर्छु : प्रचण्ड
म जापानवासी नेपालीको अवस्थाबारे बुझ्न आएको हुँ : प्रचण्ड
प्रचण्डको स्वागतमा नारिता विमानस्थलमा जे देखियो (फोटोफिचर)