शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको टी–२० शृङ्खलाको अन्तिम खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि सुरु हुदै छ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेष्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेष्ट इण्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

चार खेल सकिँदा वेष्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । गत बिहीबारको खेलमा वेष्ट इण्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो ।

 

तपाईको प्रतिक्रिया