शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ पाँच दिने भ्रमणका लागि आज बिहान टोकियो आईपुग्नुभएको छ ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि ठूलो संख्याका नेपालीहरु नारिता विमानस्थल पुगेका थिए ।

प्रचण्डलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्री, एनआरएन आइसीसीका संरक्षक भवन भट्ट, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायत नेपाली समुदायका विविध क्षेत्रका नेपालीहरुले स्वागत गरेका थिए ।

विमानस्थलमा ओर्लने बित्तिकै सञ्चारकर्मीहरुसंग छोटो कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा जापानमा बस्ने नेपालीहरुका लागि नेपाल सरकारले खेल्नसक्ने भूमिका के हुन सक्छ भन्ने बिषयमा अध्ययन गर्ने आफ्नो अभिरुची रहेको बताउनुभएको छ । यसैगरी उहाँले जापानको कृषिमा भईरहेको आधुनिकीकरण, प्रविधिको उपयोग जस्ता बिषयमा अवलोकन गर्ने कार्यक्रम रहेको बताउनुभएको छ । यसका साथै जापानमा बस्ने नेपालीहरुको अवस्था, चुनौती र अवसर बारे पनि मिहिन ढंगले बुझ्न चाहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्ड आजै फुकुओका प्रस्थान गर्नुभई त्यहाँको नेपाल फेस्टिबलको उदघाटन गरिसक्नुभएको छ ।

तत्पश्चात उहाँ आजै ओसाका र भोलि हिरोशिमा जाने कार्यक्रम रहेको बताईएको छ भने भोलि आईतबार साँझ ५:३० बजेदेखि टोकियोमा नेपाली समुदायबीच हुने खुल्ला अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । ***

 

 

तपाईको प्रतिक्रिया