शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको छ ।

घाइते किशोरीले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको प्रहरीलाई बताएकी छन् । शुक्रबार दिउँसो दमक नगरपालिका ५ जेष्ठ नागरिक भवन अगाडि उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो । उनकै पूर्व शिक्षकले गोली प्रहार गरेको निष्कर्षमा प्रहरी पुगेको हो ।

२ वर्ष पहिले ती शिक्षकविरुद्ध एनिकाले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरी गरेपछि फरार रहेका शिक्षकले उजुरी फिर्ता लिन दबाब दिँदै आएका थिए । उजुरी फिर्ता नलिएपछि उनले गोली प्रहार गरेको ती किशोरीले प्रहरीलाई जानकारी दिएकी छन् । प्रहरीले अहिले फरार व्यक्तिको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया