शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – पाँच दिने भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानको विभिन्‍न ठाउँमा अवलोकन गरेका छन् । आज मात्रै आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका थिए ।

यो पनि : प्रचण्डले गरे हिरोसिमा संग्रहालयको अवलोकन (तस्बिरहरू)

प्रचण्डलाई हिरोसिमामा देखेपछि जापानी विद्यार्थी खुसीले उफ्रिएका थिए । ‘एक जापानी विद्यार्थीले भने, नेपालबारे अध्ययन गर्दै थिए । पूर्वप्रधानमन्त्रीलाई भेट्न पाउदा ज्यादै खुशी लाग्यो । उनले प्रचण्डको नाम वेव पेजमा खोजे र खुशीले उफ्रिए, आफ्नो साथी खोजेर फोटो लिन लगाए’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले फेसबुकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया