आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं  नेपालमा कोभिड १९ विरुद्ध खोपको थप डोज आउने क्रम जारी छ। विभिन्न चरणमा गरी २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप नेपाल ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित प्रेस ब्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले साढे दुई करोड बढी खोप नेपाल आउन लागेको जानकारी दिए। गाभीको कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप विभिन्न चरणमा ल्याउन लागिएको उनले बताए।

उनले भने, ‘थप केही खोपहरु प्राप्त हुने क्रममा छन्। गाभीको कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप विभिन्न चरणमा आउँदै गरेको अवस्था छ।’

तपाईको प्रतिक्रिया