Deneme Bonusu Veren Siteler
सोमबार, पौष २२, २०८१
Monday, January 6, 2025

काठमाडौ । आश्विन शुक्ल सप्तमी तिथिका दिन सोमबार हिन्दु धर्मावलम्बीका घर तथा शाक्तिपीठहरूमा फूलपाती भित्र्याइँदैछ । दुर्गा भवानीको प्रतिमा राखिएको फूलपातीमा उखु अदुवा केराको पात धानको बाला बेलपत्र दारिम र अशोकको फूल रहन्छ ।

हनुमानढोकास्थित सरकारी दशैं घरमा धादिङको जीवनपुरबाट ल्याइने र हनुमानढोकाबाट ल्याइने दुई थरि फूलपाती मङ्गलबार ४:४५ बजेको समयमा एक समारोहबीच भित्र्याइँदैछ । कडेल्चोक भगवतीका पुजारी वैकुण्ठमान राजलवटका अनुसार कडेल्चोकमा पुरानो गुहेश्वरीमा ल्याइने फूलपाती मल्लकालीन चलनचल्तीको हो । दशैं घरमा भित्र्याइने फूलपातीले शाह र राणाकालमा मात्र तामझाम पाएको हो ।

धादिङबाट जमलमा फूलपाती लिन गए सरह पूराने गुहेश्वरीबाट ल्याइएको फूलपाती क्षेत्रपाटी, भुँडे गणेश र इखापोखरीमा सरकारी टोलीद्वारा लिन जाने परम्परा छ । राजलवटका अनुसार कडेल्चोक भगवतीमा पुरानो गुहेश्वरीबाट आएको फूलपाती नभित्र्याइकन सरकारी दशैं घरमा धादिङबाट आएको फूलपाती भित्र्याइँदैछ । फूलपातीका अवसरमा टुँडिखेलमा नेपाली सेनाद्वारा हर्षबढाईं गर्ने परम्परा छ ।

तपाईको प्रतिक्रिया