मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – शीतकालीन ओलिम्पिक्समा आफ्ना उच्च अधिकारीले सहभागिता जनाएपछि उत्तर कोरियाली नेता किम जङ-अनले दक्षिण कोरियासँग आफूले मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन् ।

सरकारी समाचार संस्थाले आफ्नी बहिनीसहितको उक्त प्रतिनिधिमण्डल प्योङयाङ फर्किएपछि किमले उनीहरूबाट प्रतिवेदन लिएको उल्लेख गरेको छ । उनले सोलको सकारात्मक प्रयासका लागि धन्यवाद दिएका छन् । तर उक्त समाचार संस्थाले दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनलाई वार्ताका लागि प्योङयाङ आउन उत्तर कोरियाली नेताले दिएको निम्तोबारे भने केही उल्लेख गरेको छैन ।

ओलिम्पिक्स
उत्तर कोरियालाई शीतकालीन ओलिम्पिक्सका लागि प्राथमिकता दिने दक्षिण कोरियाको कदमलाई किमले एकदमै सकारात्मक भनेको विववरणहरूमा जनाइएको छ।

‘उत्तर कोरियाबारे दक्षिणसँग मतभेद छैन’

‘उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार’

केसीएनए समाचार संस्थाले उत्तर कोरियाली नेतालाई उद्धृत गर्दै मेलमिलापपूर्ण सम्बन्धलाई अझ न्यानो बनाउनुपर्नेमा जोड दिएका छन् ।उत्तर कोरियाकिमको पछिल्लो अभिव्यक्तिले ओलिम्पिक्सको समयमा दुई कोरियाबीच द्रुत गतिमा संवाद भएको थप प्रमाण दिएको एक जना बीबीसी संवाददाता बताउँछन् । तर उक्त कदमलाई परमाणु अस्त्र-सम्पन्न उत्तर कोरियासँग संवादको नीति अंगाल्ने समय नभएको ठान्ने कतिपयले आलोचना गरेका छन् । –बीबीसी

तपाईको प्रतिक्रिया