शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पराजयलाई स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन आग्रह गरेका छन् ।

उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताएका छन् । आज मंगलबार सामाजिक सञ्जाल प्रतिक्रिया दिँदै उनले भनेका छन्– ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’

लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । ‘हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, लामिछानेको भनाइ छ ।

यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्तिलाई पनि लामिछानेले धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया