शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – कतारबाट फर्केका एक युवकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा प्रहरीले सिनामंगलबाट उद्धार गरेको हो ।

उनलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरूले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग्दै एउटा कोठामा बाँधेर राखेका थिए ।

तपाईको प्रतिक्रिया