Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुंगाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ । हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुंगाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको छ ।

खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुंगा खानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको धौलागिरि गाउँपालिका-१ का वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताउनुभयो । जिल्लाको अति विकट क्षेत्रमा रहेको गुर्जाको घुर्मखोलाअन्तर्गत पर्ने गुर्जा हिमालको फेदमा रहेको उक्त खानीको कार्ज ढुंगा म्याग्दीको सदरमुकाम बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा राखिएको छ ।

शुक्रबार हेलिकप्टरबाट म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्य, किरण सापकोटा र लोकेश पुनको टोली हेलिकप्टरमार्फत गुर्जामा पुगेर कार्ज ढुंगा ल्याई प्रदर्शन गर्नुभएको थियो । ‘बहुमूल्य हीराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष शाक्यले भन्नुभयो । गुर्जा गाउँबाट करिब एक दिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको शाक्यले बताउनुभयो ।

कार्ज नामक ढुंगा भएको पुष्टि भएपछि २०६५ र अहिलेको महोत्सवमा प्रदर्शन गरिएको छ । खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमूल्य धातु तथा औँठी तथा मानिसले प्रयोग गर्ने धातुमा प्रयोग गर्न सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया