Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – भारतीय पुराना पाँचसय र एक हजारका नोटसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ का मानहादुर लामा र काठमाडौंको स्यम्भूका अमित डंगोल छन् ।

उनीहरुले केही समय पहिल्यैदेखि भारतबाट पुराना पाँचसय र हजारका नोट नेपाल ल्याएर ठग्ने गरेको पाइएपछि पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ ।

उनीहरुलाई अाज सिआइबीले काठमाडौंको खुशिबुबाट ४९ लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई कारबाहीका लागि राजश्व अनुस्न्धान विभाग पुल्चोक पठाइएको छ ।

तपाईको प्रतिक्रिया