Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमध्ये १ सय ५ ७ तहको प्रारम्भिक नतिजा आउँदा एमालेले सबैभन्दा धेरै ६३ स्थानमा अग्रता लिएको छ । उपप्रमुखमा पनि एमालेले ५८ स्थानमा अग्रता लिएको हो ।

यसअघि अग्रता लिइरहेको कांग्रेस पछिल्लो मतपरिणाम अनुसार ५९ तहमा अगाडि छ । उसले उपप्रमुखमा ५७ स्थानमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले २३ स्थानमा प्रमुख तथा उपप्रमुखमा अग्रता लिएको छ ।

फोरम लोकतान्त्रिकले ५ स्थानमा अग्रता कामय राखेको छ भने राप्रपाले पनि २ तहमा प्रमुख तथा ३ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ । यस्तै संघीय समाजवादीले ४ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नं १ मा कांग्रेसले २१ तहमा अग्रता लिएको छ भने एमालेले २९ तहमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५ तहमा अग्रता लिएको छ । प्रदेश नं ५ मा कांग्रेसले १९, एमालेले १८ र माओवादी केन्द्रले ९ तथा संघीय समाजवादी फोरमले ४ तथा फोरम लोकतान्त्रिकले १ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नं ७ मा कांग्रेसले १९ तह, एमालेले १६ र माओवादी केन्द्रले ९ स्थानमा अग्रता लिएको छ । त्यसैगरी फोरम लोकतान्त्रिकले टिकापुर नगरपालिकासहित ४ स्थानमा अग्रता लिएको छ । अन्य स्थानमा पनि प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

तपाईको प्रतिक्रिया