Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

रुपन्देही – रुपन्देहीमा मतगणना भइरहेका ६ स्थानीय तह मध्ये ४ मा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । एमाले र राप्रपाले एक एक स्थानमा अग्रता लिएका छन् ।  प्राप्त पछिल्लो मत परिणाम अनुसार बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिनु भएको छ ।

पाण्डेले २०३ मत ल्याउदा एमालेका शिवराज सुवेदीको १३४ मत आएको छ । उपमेयरमा एमालेकी गोमा आचार्य अगाडि हुनुहुन्छ । उहाँले १५३ मत ल्याउनु भएको छ । माओवादी केन्द्रका जगत पोखरेलको १२८ मत छ ।

सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसका मातृका यादव र माधवी सर्मा मेयर र उपमेयरमा अगाडि हुनुहुन्छ । देबदह नगरपालिकामा कांग्रेसका हिरा केसी र उपमेयरमा माओवादी केन्द्रकी टिका न्यौपाने अगाडि हुनुहुन्छ ।

सम्मरीमाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसका उम्मेदवार अगाडि छन् । रोहिणी गाउँपालिकामा राप्रपाका उम्मेदवार अगाडि रहेका छन् । कञ्चन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार अगाडि छन् । सुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया