मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो- टोकियो विश्वविद्यालय नेपाली मञ्च (ट्युनेफ)को आइतवार भएको एक भेलाले सुमन दाहालको नेतृत्वमा नयां कार्य समिति गठन गरेको छ ।

ट्युनेफको नयाँ कार्यसमितिमा प्रकाश शाक्य कोषाध्यक्ष तथा रामचन्द्र न्यौपाने र बेदराज फूयल सदस्यमा चयन हुनुभएको छ ।

साथै सो भेलाले नवागन्तुक विद्यार्थीहरुको स्वागत, अध्ययन पूरा गर्नेहरूलाई बधाई तथा बाहिरिनु हुनेहरूको बिदाईमा हालै एक कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार साँझ टोकियो विश्वविद्यालय होङ्गो क्याम्पसमा आयोजित उक्त कार्यक्रममा ट्युनेफका संयोजक डमरुबल्लभ पौडेलले नवागन्तुक विद्यार्थीहरु भरतसिंह नेगी, प्रकाश शाक्य, रामचन्द्र न्यौपाने तथा सरोज पौडेललाई अध्ययन-अनुसन्धानमा उच्च सफलताको कामना गर्दै पुष्प गुच्छाकासाथ हार्दिक स्वागत गर्नुभएको थियो । यसैगरी ट्युनेफका सल्लाहकार डा. कृष्ण पौडेलले टोकियो विश्वविद्यालयमा आफ्नो अध्ययन-अनुसन्धानकार्य पूरा गरी पेशागत जीवनमा प्रवेश गर्नुभएका डा. कमल लामिछाने र बिद्यावारिधिको लागि चुकुवा विश्वविद्यालयमा भर्ना हुनुभएकी वन्दना जोशी पराजुलीलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नुभएको थियो। साथै टोकियो विश्वविद्यालयबाट हालै बिद्यावारिधि सम्पन्न गर्नुहुने डा. महेश्वर श्रेष्ठ र मास्टर सम्पन्न गर्नुहुने रोलिना धिताललाई सबै सहभागीबाट हार्दिक बधाइ ज्ञापन गरियो ।

औपचारिक कार्यक्रमको सञ्चालन ट्युनेफ कार्यसमितिका कोषाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । औपचारिक कार्यक्रम पश्चात ट्युनेफका पूर्व संयोजक डा. राजेन्द्र पराजुलीले नजिकको पूजा नेपाली रेष्टुरेण्टमा रात्रीभोजसहितको अनौपचारिक कार्यक्रमको शुरु गर्नुभएको थियो। ***

तपाईको प्रतिक्रिया