शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ ।

यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो ।

उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ ।

त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिँडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् । यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया