मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आफुलाई वैकल्पिक शक्तिका रुपमा अथ्र्याउदै आएको राप्रपाले उपनिर्वाचनमा सात सय मत पनि कटाउन सकेन । संघीय संसदको पाँचौँ ठुलो दल राप्रपाले हजार मत पनि पाउन नसकेको हो ।

इलाम क्षेत्रनम्बर २ मा राप्रपा उमेद्वार लक्ष्मी गुरुङले ४०४ मत मात्रै पाए । बझाङको प्रदेश सभा निर्वाचनमा राप्रपा उमेद्वार किशोर कुमार खड्काले जम्मा २४२ मत मात्रै पाए । दुवै निर्वाचनमा राप्रपाले जम्मा ६४६ मत मात्रै पाएको छ ।

अर्को राजावादी दलले भने एक सय मत पनि कटाउन सकेन । राप्रपा नेपालले भने इलाममा जम्मा ४३ मत पायो । राप्रपा र राप्रपा नेपालले हिन्दुराष्ट्र र राजतन्त्र पुर्नस्थापनाको एजेन्डा बोक्दै आएका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन र राप्रपा नेपालको अध्यक्षमा कमल थापा छन् ।

 

तपाईको प्रतिक्रिया