शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि इलाम–२ मा नगर परिक्रमासहित विजय सभाको आयोजना हुन लागेको हो ।

दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । नेम्वाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।

तपाईको प्रतिक्रिया