आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

दुबई – आगामी ५ मे २०१७ का दिन दुबईको होलीडे ईन होटलको भव्य हलमा एभरेष्ट मिडियाको प्रस्तुती तथा पाल्पाली समाज युएईको आयोजनामा नेपालबाट आउने ३ जना अतिथि कलाकारका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुतीमा नयां बर्ष २०७४ सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ । सो कार्यक्रम समाजको दोस्रो बार्षिकोत्सव तथा नयां बर्ष २०७४ को अवसर पारेर गरिने भएको हो ।

उक्त कार्यक्रमका लागि नेपालबाट चर्चित लोक गायक बद्री पंगेनी, लोक गायिका सपना गाहा र नायिका, मोडल तथा नृत्यगना बिना थापा आउने भएको हो । अतिथि कलाकारहरुका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको पनि रंगारंग प्रस्तुती रहने छ । जसमा बद्री पंगेनी चौथो पटक आउंदै छ भने बिना थापा दोस्रो पटक आउंदै हुनुहुन्छ । त्यसैगरी युएईका दर्शकहरुका लागि नौलो चेहराको रुपमा देखिने भएकी छिन्, सपना गाहा ।

यसपालिको कार्यक्रम अन्य कार्यक्रमको तुलनामा फरक खालको हुने भएको छ । युएईको कानुनी प्रक्रियाबाट गर्न लागिएको कार्यक्रममा दर्शकहरुको चाप बढ्ने आयोजकले बताएका छन् । खासगरी दुबईको मुटु मानिने र शुक्रबारे बिदाका दिन नेपालीहरुको जमघट हुने थलो बरदुबई पर्ने भएकाले कार्यक्रम हेर्नेहरुको निकै उत्सुकता देखिन्छ । नेपालबाट आउने अथिति कलाकारहरु पनि आ–आफ्नो प्रस्तुती देखाउनका लागि आतुरमा रहेका छन् ।

“एक्काईसौ शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीको अभियान” भन्ने नाराका साथ सन् २०१५ मा पाल्पालीवासीहरुको पहलमा स्थापना भएको पाल्पाली समाज युएईले ३ बर्षको अवधिमा पाल्पा जिल्लामा ४ वटा बिद्यालय तथा उद्धार कार्यहरुमा लगभग २३ लाख रुपैयां आर्थिक सहयोग गरेको जानकारी समाजका महासचिव बेदप्रसाद अर्यालले दिनु भएको छ ।

साथै नेपालीहरुको चाड पर्वलाई पनि समय अनुकुलको व्यवस्थानपन गरि मनाउंदै आएका छन् । यसै समाचारको आधारमा युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया