अहँ, यो कविता हुँदै होइन
यो मेरो दैनिकी हो,
यो मेरो ऐतिहासिक कथा हो,
यो मेरो वर्तमान हो,
म जे भोगिरहेको छु,
त्यो सबै हो,
’भविष्य’ को मणि खोज्दै हिंड्दा
भेटाउने सूक्ष्म अभिलाषाका साथ
गरिबीको तीखो धारमा अभावको खोल ओढेर,
खल्तीमा गरुङ्गो अभाव बोकेर
जीवनको परिधिभित्र अनन्त कालसम्म
समान गतिमा हिँडिरहेको मान्छेको तिक्त लाग्दो दैनिकी हो ।
एकाविहानै निस्कन्छु कलेज जान भनेर
झोलामा दुईचार जोडी किताबका ठेली बोकेर,
ती किताबसँगै मैले झोलामा कसैले देख्न नसक्ने
हजारौं टन गरुङ्गो लाग्ने अभावको भारी बोकेर हिंडिरहेको हुन्छु ।
जसोतसो कक्षा सिध्याएर
मुसा कराइरहेको पेटलाई लिएर
जब कोठामा फर्कन्छु,
कोठामा बेलुकाका कच्रक्क जुठा भाँडा देख्छु
तब आकुलव्याकुल भएको मेरो भोक
एकैछिनमा हराउँछ,
कालो छिनमा विलय भएको
आकाशीय पिण्ड झैँ ।
पुनः मनलाई आशाको धागोले
बाँधेर शरीरलाई केही पÞmुर्तिलो बनाएँ झैँ गर्छु र,
बसेर भाँडा मस्काउन थाल्दछु ।
ताजा र मीठोरमसिनो तरकारी खाऊँला भन्नु भएन,
एक पाउ सिमीभन्दा महंगो स्वयं मेरो अभाव छ ।
कुकर बसाल्छु,
त्यसैमा चामल राख्छु,
गोडा एक आलु पनिकाटेर त्यसैमा राख्छु,
अनि नुनरबेसार पनि त्यसैमाखन्याइदिन्छु,
अर्को तरकारी बनाउन रकेटमा हुँइकिरहेको
समयले पर्खन नमान्दो रहेछ ।
खाना खाएर खानाले आमाशयमा
विश्राम गर्न नपाउँदै पुनः झोला बोकेर निस्कन्छु,
उही अभावको अदृश्य भारी बोकेर ।
पत्रिका बेच्ने काम गरेँ,
कपडा पसलमा काम गरेँ,
होटलमा दुनियाँले खाएका
जुठा भाँडा माझ्नसमेत डेग सारिनँ,
जुत्ता पसलमा काम गरेँ,
बिस्कुट कम्पनीमा काम गरेँ,
यी सबैलाई पटकपटक गर्दै छोड्दै,
अहिले कोक कम्पनीमा काम गरिरहेछु ।
हिजो सोच्थेँ,
मैले गरेको यो दुस्ख या संघर्ष
काठमाडौँ जस्तो शहरमा बसेर
पढ्नको लागि हो तर,
आज आएर लाग्दैछ,
यो सबै पेट पाल्नको लागि गरिरहेछु,
यदि पढ्नकै लागि यी सबै गरेको भए
पढाइले फड्को मार्नुपर्थ्यो,
पढाइ सन्तोषजनक हुनुपर्थ्यो,
पढाइले फूल्नै नसकेपनि
कम्तीमा हाँगा हाल्नुपर्थ्यो
तर खै, मुसो मरेन।
अफिस जादाँ जहिले पनि,
साहु किचकिच गर्न थाल्छ
घरमा काम गर्ने नोकरलाई जस्तै,
मन त लाग्छ भन्न, ’तेरो जागिर तँ आफैँ खा’
तर स्वयंलाई गरिबी र अभावले यसरी नजरबन्द
गराएर कैद गरेका छन्, जहाँबाट उम्किनु वा
उम्केको अल्पकालीन कल्पना गर्नु,
पिंजडामा थुनिएको सुगाले
स्वतन्त्र भएको कल्पना गर्नु समान रहेछ ।
दिनभरि काठमाडौँका गल्लीगल्ली
र,
पसलपसल चहारेर ’कोक’को अर्डर लिन्छु
कम्पनीको सारा गाली हामीमाथि थोपर्ने
यी पसलेहरूको संस्कार र दैनिकीबनेको छ,
अभाव र तनावको भारी बोकेर हिंडिरहेको बेला,
ती पसलेहरूको गालीले
हरेक दिन एक भारी इँट्टा थप्ने काम गरेको हुन्छ ।
दिनभरिको हिंडाइ,
पसलेहरूको टोकसो,
हाकिमको किचकिच,
शहरलाई झन् प्रदूषित बनाउँदै,
धुँवाको कालो मुस्लोले यो शहरको सुन्दरतामा
एसिड छर्किँदै हिँड्ने
सवारी साधनहरूको कमिलाको जस्तै ताँती,
तिनीहरूले उपहारस्वरूप दिइरहेका कोलाहल,
गल्लीगल्लीको फोहोर,
दुर्गन्ध र धुलो–धुँवा,
यी सबैको भारी बोकेर
बेलुका पुनः कोठामा फर्किन्छु,
लखतरन र नाजुक शरीर लिएर ।
विहानका जुठा भाँडा देख्दा,
शरीर थाकेर पाकेर गलेको फर्सी झैँ भएको बेला
भोकलाई पनि तीनकोष टाढा हुर्र्याएर,
सुत्न मन लाग्छ, जुत्ता पनि नफुकालीकन ।
जसोतसो जाँगर गर्छु, भाँडा मस्काउँछु र,
सिन्की उमालेर खान्छु ।
बिस्तारामा पल्टन्छु,
फेसबुक चलाउने जाँगर पनि काँशी गएछ,
फेसबुकको प्राविधिकपन देख्दा आजित लाग्छ,
फेसबुकमा देखिने हरेक मुहारहरू झुटा हुन्,
मुस्कानसहित राखिएका सबै तस्वीरहरू,
प्राविधिक मुस्कान हुन्, प्राकृतिक मुस्कान होइनन्,
हृदयको अन्ध गल्छीबाट निस्किएका
मुस्कान होइनन् तिनी,
क्यामेराको अगाडि जबर्जस्ती देखावटी नकाव भिरेर,
जन्माइएका प्राविधिक मुस्कान हुन्,
त्यसैले मलाई फेसबुकको मोहभंग भएको हो ।
शरीर थाकेर गलेपनि
निद्रादेवीले बेलैमा दर्शन दिदिनन्,
कोठाको चारै भित्ताबाट
अभावले बेस्सरी गिज्याइरहेको देख्छु
सिलिङ पनि मलाई देखेर
अट्टहास हाँसो हाँसिरहेको जस्तो भान हुन्छ ।
सुत्दै गर्दा एक्कासी सम्झिन्छु,
अहो ! आज यस महिनाको मसान्त हो
भोलि विहानै घरवेटी आमैले
डेराभाडारबिजुली,
मार्बल पुछेकोरफोहोर इत्यादि
शीर्षकसहितको एकमुष्ट बिल
ढोकामा झुन्ड्याएर जान्छिन्,
त्यो बिल केवल एक कागजको टुक्रा हो,
तर त्यसको वजन अनन्त तौलको हुन्छ,
जब बिल हेर्छु,
चक्कर लाग्छ, फनन्न घुमाउँछ ।
एउटै प्रश्न मनमा खिल गडे झैं गडिरहन्छ,
“कहाँबाट पैसाको जोरजाम गरूँ !
यस्तो लाग्छ,
शहरमा बस्ने मजस्ता लाखौँको
गरिबीको क्रन्दन र अभावको चिच्याहट सुनिने भए,
गरिबी र अभावको संसर्गबाट निस्कने चिच्याहटले
यस शहरमा कोलाहल मच्याउँदै,
सिसाका कयौँ घरहरू फुटेर चुरुना हुन्थे होला ।