Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबार छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । बिहीबार २ हजार रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ११ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया