Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’मा प्रसारित अडियो उपलब्ध गराउने व्यक्ति ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चकै न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।

बिहीबार उक्त आमसञ्चार माध्यमका प्रकाशक युवराज कँडेलसँगको बयानका क्रममा सो अडियो तिमिल्सिनाको भएको खुलेको र उनलाई पनि यही वैशाख २३ गते बयानका लागि बोलाइएको सर्वोच्च अदालतले जनाएको छ । आदेशमा भनिएको छ, “प्रसारित अडियो सामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो। त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनू।”

सिधाकुरा डटकम अनलाइनका प्रकाशकसँग बयान लिने काम बिहीबार सम्पन्न भएको छ। सम्पादकलाई शुक्रबार १० बजे बयानका लागि बोलाइएको छ। अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए। सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र अनलाइनका प्रकाशक र सम्पादकलाई बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो।

 

तपाईको प्रतिक्रिया