Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्त्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ। अमेरिकी नागरिक सुसन व्राडफोर्डले संकलन गरेका ती सामग्री हालै हवाइ टापुमा दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएको थियो। धातु, काठ, ढुंगा र हड्डीबाट बनेका १३औं, १७औं र १८औं शताब्दीका ती मूर्ति पुरातत्त्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो।

“हामी नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्त्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौं, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैं हामीलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ,” दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले भने। फिर्ता पठाइएका मूर्ति हराएका स्थानमै प्रतिस्थापन गरिने पुरातत्त्व विभागले तयारी गरेको पनि घिमिरेले बताए।

नेपाल-अमेरिका समन्वयमा हवाइबाट पठाइएकामा ढलोटको कालाकुवेर मूर्ति, विश्वरूपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन्।

यसैगरी प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल पनि फिर्ता पठाइएका छन्। दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ।

तपाईको प्रतिक्रिया