Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आगामी भदौ ११ गते केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टीका सङ्गठनात्मक एवम् एकता प्रक्रियालाई स्थानीय तहसम्म पुर्‍याउने लक्ष्यका साथ महाधिवेशन आयोजक समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालले महाधिवेशन आयोजक समितिको बैठक आगामी भदौ ११ गते भृकुटीमण्डपमा आयोजना गर्ने र पार्टीको आन्तरिक जीवनमा केही महत्त्वपूर्ण निर्णय गर्ने जानकारी दिनुभयो ।

बैठकले सरकारमा सहभागी मन्त्री चयन गर्ने बताइए पनि आज त्यसबारेमा कुनै पनि निर्णय नभएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया