Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । बुधबार बुढानिलकण्ठ नगरपालिकाको कपनबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपनमा रहेको जीवन गुरुङको कोठामा राखेको रेड पाउडाको छाला बिक्री हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई रेड पाण्डाको ९ वटा छालासहित महानगरीय प्रहरी अपराध महाशाखाको बिशेष टोलीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर बलम्ता–८ का २३ वर्षे सुशील राई, बाग्लुङ भिमगिठी–१ का २४ वर्षे मुस्कान थापा, खोटाङ दुवेकोल–८ घर भई कपन बस्ने २६ वर्षे जीवन गुरुङ र मकवानपुर सरिखेतपलासे–५ का ३२ वर्षे लालबहादुर थिङ रहेका छन् ।

उनीहरुले कपनमा रहेको जीवन गुरुङको कोठमा तीन चार दिन अघि रेड पाण्डाका छाला ल्याई पाँच लाख ५० हजारका दरले बिक्री गर्न लागेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं हात्तिसार बिहीबार पठाइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया