Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

महोत्तरी – महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् । गएराति घर नजिकै रहेको उखु खेतबाट आएको स्यालले टोक्दा लक्ष्मिनियाँ–३ का ५० वर्षीय इसाक चुरैट, ५ वर्षीय लिखित खातुन, १० वर्षीय सोयव शेष, १० वर्षीया लाडली खातुन, ३ वर्षीय राम विनय महतो र १५ वर्षीय सुदीपकुमार महतो रहेका छन् ।
syal

घरमा बसिरहेको समयमा उखुबारीबाट बाहिर निस्केको सो स्यालले उनीहरुलाई टोकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । स्यालको टोकाइले गम्भीर घाइते भएका उनीहरुलाई तत्काल गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा ल्याउँदा त्यहाँ औषधिको अभाव देखाउँदै अस्पतालले भर्ना लिएका थिएन ।

अस्पतालमा कुकुर तथा स्यालले टोकेपछि दिइने सुई कोटामा उपलब्ध हुँदै आएकाले उनीहरुलाई उपचार गराउन समस्या भएको अस्पतालका इन्चार्ज अशोक यादवले स्वीकार गर्नुभयो । हाल उनीहरुको गौशालास्थित विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । उक्त स्यालको खोजी जारी रहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया