Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

भक्तपुर – नेकपा माआबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केपी ओली सरकारको नेतृत्वमा आफ्नो पार्टीको सहभागिता रहेकाले सो समयमा भएका राम्रा नीति कार्यक्रमलाई वर्तमान सरकारले पूर्णता दिने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले ओली प्रधानमन्त्री हुँदा उनले एक्लै नीति तथा योजना र कार्यक्रम नल्याएको र माओबादीसँग छलफल गरेर ल्याएकाले राम्रो नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरा दिने बताउनु भयो ।

pamfa-bhusal-photo

काँग्रेस सँगको नयाँ गठबन्धनको सरकारलाई राष्ट्रिय सहमतीको सरकारको स्वरुप दिन प्रयासमा लागेता पनि वर्तमान समय सम्म असफल रहेको बताउँदै भुसालले यो सरकारले शान्ति प्रक्रियाको बिषयलाई सम्बोधन गर्ने, पुनर्निर्माणको कामलाई तिव्रता दिन, मधेश आन्दोलनलाई सम्बोधन गर्न र संबिधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको बताउनु भयो ।

बिगतको सरकारले मधेश आन्दोलनको नेतृत्वसँगको संवाद सकारात्मक पन देखाउन सकेको थिएन तर वर्तमानमा सरकार निर्माण अगावै तीन बुँदे सहमती गरेर प्रधानमन्त्रीको चयनमा देखिएको उपस्थितिसँगै उनीहरुले राखेका मागको सकारात्मक सम्बोधन गरेर सरकारमा सामेल गराउने तर्फ आफ्नो पार्टी र सरकार लागि परेको उहाँले बताउनु भयो । सिमांकनको बिषय वार्ता संवादमा रहेको र यसलाई सकारात्मक रुपमा लिएर सम्बोधनको प्रयास रहेको उहाँले बताउनु भयो ।

नयाँ सत्ता समिकरणसँगै मन्त्रीमण्डलको बिस्तारमा कुनै पार्टीमा त्यस्तो किचलो नभएको र काँग्रेसका भातृसंगठन नेबिसंघको महाधिबेशन भएकाले मन्त्रीमण्डल बिस्तारमा ढिला भएको र छिट्टै पूर्णता पाउने भुसालले बताउनु भयो । गरिबसँग सरकार भन्ने नाराका साथ प्रस्तुत भएको वर्तमान सरकारले पुनर्निर्माणका सवालमा भुकम्पपिडितहरुका लागि सरकारले तत्कालै पहिलो किस्ता ४५ दिन भित्र उपलब्ध गराउने निर्णय गरेको समेत उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, बाढी पहिरोको पिल्साई परेकोहरुका लागि सरकारले सक्दो राहत उपलब्ध गराउनु साथै उद्धारमा समेत आफ्नो गतिबिधिलाई तिब्र पारेको छ । चिनियाँ राष्ट्रपतिको आगमन सुनिश्चित रहेको भन्दै उक्त आगमनको तयारीका लागि बिभिन्न छलफल जारी रहेको भुसालले बताउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिको आगमन रोक्न नयाँ सरकारको गठन भएको भन्ने हल्ला भएको भन्दै समयले यो बिषयलाई प्रष्टाउने समेत दाबी गर्न भयो ।

माओबादी केन्द्रको नयाँ बिस्तार सबै माओबादीको एकताका स्वरुप भएको र ढिला चाँडो भए पनि सबै माओबादी एकता अनिवार्य भएकाले यसका लागि सबै तर्फबाट प्रयास जारी रहेको समेत भुसालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया